बिर्तामोड , जेठ १७ । बेलैमा वर्षा भएपछि नदीमा पानीको बहाव बढ्न थालेको छ । यो अबस्थामा नदीमा थुप्रिएको जलकुम्भी समस्या बन्छ । बिर्ताबजार सैनिकमोड पूल आसपास अधुवा खोलामा थुप्रिएको जलकुम्भी ।

यस वर्ष अत्यधिक जलकुम्भी थुप्रिएको देखिन्छ । अघिल्लो साल भने बिर्तामोड नगरपालिकाले बर्षा शुरु हुनुअवागै खोला सफा गरेको थियो । तर, यस वर्ष छैन । अत्यधिक रुपले खोलामा यो समस्या बढेर गएको छ । यसले गर्दा पानी नदीबाट नबगेर किनार फुटाउने समस्या देखा पर्न सक्छ र क्षति गर्न सक्छ ।

(तस्बिर ःसुरेश आले ‘सर्जु ’)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्