सुनसरी, जेठ १७ । सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् ।
आज बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजासहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवउपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।