बुधबारे , जेठ १८ । झापा बुद्धशान्तिका एकजना कोरोना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन मृत्यु भएको छ ।

मेची अस्पताल भद्रपुरमा विगत दुई सातादेखि उपचाररत वडा नं ३ का करीब ८० वर्षिय दंगाल थरका बृद्धको गएराति अस्पतालमै मृत्यु भएको हो । उनको हिजो दिउँसो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । हिजो दिउँसो रिपोर्ट नेगेटिभ आएको र राति ११ बजे मृत्यु भएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । उनले फोक्सोमा समस्या भएर मृत्यु भएको हुनसक्ने आशंका गरे । मृतकको शवलाई घरपरिवारले नै स्वास्थ्य सावधानी अपनाएर चिलिमगढीमा दाहसंस्कार गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्