बिर्तामोड , जेठ १८ । अहिले बिहान बिर्तामोडमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अबस्था गंभीर रहेको छ । अन्जली हस्पिटल अगाडि ज ९ प ९००४ र बा ९१ प ५६८ नं का दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी ज ९ प ९००४ नं को मोटरसाइकलमा सवार अर्जुनधारा ४ का ४६ वर्षिय जोगेन्द्र मल्लिक , शिवसताक्षी ५ की ६१ वर्षिया सरिता मल्लिक र कनकाई ५ बस्ने शिवकुमार मल्लिक गंभीर घाइते भएका छन् । उनीहरु सरसफाइकर्मी हुन् । त्यस्तै बा ९१ प ५६८ नं को मोटरसाइकलमा सवार दुईजना समेत सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्