झापा , जेठ १८ । भद्रपुरको मेची अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्तिका एक महिला र मेचीनगरका अर्का पुरुष रहेका छन् । बुद्धशान्ति ३ की ३७ वर्षिया राई थरकी महिलाको आज मध्यान्ह मृत्यु भएको हो । त्यस्तै मेचीनगर १० का ५५ वर्षिय पुरुषको पनि आजै मेची अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए । त्यस्तै बुद्धशान्तिका एकजना कोरोना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन मेची अस्पतालमा मृत्यु भएको छ । विगत दुई सातादेखि उपचाररत वडा नं ३ का करीब ८० वर्षिय दंगाल थरका बृद्धको गएराति अस्पतालमै मृत्यु भएको हो । उनको हिजो दिउँसो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । हिजो दिउँसो रिपोर्ट नेगेटिभ आएको र राति ११ बजे मृत्यु भएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । उनले फोक्सोमा समस्या भएर मृत्यु भएको हुनसक्ने आशंका गरे । मृतकको शवलाई घरपरिवारले नै स्वास्थ्य सावधानी अपनाएर चिलिमगढीमा दाहसंस्कार गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्