झापा , जेठ १८ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ ।

दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ः२५ बजे निधन भएको हो । पार्टीले शोक वक्तव्य जारी गरी थापाको निधनले सिङ्गो विवेकशील साझा पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा आफ्ना प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंक्ति र सदस्यहरूलाई आह्वान गरेको छ । साथै, यही बीचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्