बिर्तामोड , जेठ १९ । बिर्तामोडको चारपाने क्षेत्रमा आज विद्युत आपूर्ति नहुने भएको छ ।
११ केभी सुरुङ्गा फिडरअन्तर्गत राम चौक , चारपाने , त्रिशुली चौक, बेलडाँगी , बिहीवारे , सोमवारे , चैतुवारी र त्यस आसपासका क्षेत्रमा आज बिहान ८ देखि दिउँसो १२बजेसम्म विद्युत आपूर्ति नहुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरणको काम गर्नु पर्ने भएकाले बिजुलीको लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ ।




