झापा , जेठ १९ । झापा बिर्तामोडका आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुवैजना महिला रहेका छन् । बिर्तामोड वडा नं ५ की ५५ वर्षिया राजवंशी समुदायकी महिलाको आज बिहान ८.३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनी विगत दुई सातादेखि त्यहाँ उपचाररत रहेकी थिइन् । त्यस्तै बिर्तामोड ४ की ६३ वर्षिया प्रसाई थरकी महिलाको आज बिहान ९ बजे बिएण्डसी हस्पिटलमा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिएका छन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्