झापा , जेठ १९ । बिर्तामोडका दुई महिलासहित झापामा आज चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिर्तामोड वडा नं ५ की ५५ वर्षिया राजवंशी समुदायकी महिलाको आज बिहान ८.३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनी विगत दुई सातादेखि त्यहाँ उपचाररत रहेकी थिइन् । त्यस्तै बिर्तामोड ४ की ६३ वर्षिया प्रसाई थरकी महिलाको आज बिहान ९ बजे बिएण्डसी हस्पिटलमा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिएका छन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९ पुगेको छ ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं ८ का वडा सदस्य इन्द्रसिंह राजवंशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा ५२ वर्षिय राजवंशीको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । उनको विगत एक सातादेखि त्यस अस्पतालमा उपचार भइरहेको थियो । त्यस्तै इटहरी उपमहानगरपालिका ११ की ७० वर्षिया बृद्धाको आज दिउँसो बिएण्डसी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौंलागाईले जनाएका छन् ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा २५१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्