दमक , जेठ २० । दमकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक वडा नं ८ की ७० वर्षिया महिला रहेकी छन् । उनको उपचारका क्रममा आज बिहान ६ बजे लाइफलाइन अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । योसँगै दमकमा कोरोना भाइरसको नयाँ भेरिएन्टबाट मृत्यु हुनेको सँख्या २० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्