झापा , जेठ २० । बढ्दो कोरोना संक्रमणसँगै अक्सिजनको अभाव हुँदै जाँदा सर्वसाधारणको सुविधाका लागि नेपाली कांग्रेस शिवसताक्षी नगर समितिलाई अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा गत निर्वाचनमा झापा क्षेत्र नं. ४ ‘क’ का प्रदेश सभाका उम्मेद्वार किरण भट्टराईले नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको कार्यालयलाई अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । नेता भट्टराईले शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गानालाई कोरोना संक्रमितको उपचारका लागि ४ थान अक्सिजन सिलिन्डर, एक थान अक्सिमिटर, ५ थान अक्सिजन ब्याग, ९ थान अक्सिजन मास्क, एक थान रेञ्ज र ३०० थान फेस मास्क हस्तान्तरण गरेका छन् ।
दूधेस्थित नगर समितिको कार्यालयमा राखिएका अक्सिजन सिलिन्डर लगायतका ती स्वास्थ्य सामग्री कोरोना संक्रमितहरूलाई आवश्यक परेको अवस्थामा प्रदान गरिने युवा नेता अशोक बस्नेतले बताएका छन् ।
उनले आवश्यक पर्ने नगर,प्रदेश,क्षेत्रभर जुनसुकै बिरामीलाई जुनसुकै अवस्थामा पार्टीे कार्यालयबाट ती सामग्री उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्