झापा , जेठ २० । झापामा कोरोना संक्रमितको सँख्या ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टाभित्र २०८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कूल संक्रमितको सँख्या ११ हजार ५४ पुगेको हो । बिहीवार झापामा १८३ जनाले कोरोना जितेका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४६३ पुगेको छ । बिहीवार पुष्टि भएका संक्रमितमध्ये ८८ जना महिला रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगरमा २२ महिलासहित ६५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बिर्तामोडमा १७ महिलासहित ३९ जनामा पनि संक्रमण भएको छ ।यसैगरी, गौरीगञ्जमा १० महिलासहित २० जना, शिवसताक्षीमा ७ महिलासहित १६ जना, अर्जुनधारामा ५ महिलासहित १२ जना र कमल गाउँपालिकामा ५ महिलासहित १० जना संक्रमित भएका छन् ।यस्तै, दमक, भद्रपुर र गौरादहमा ८–८ जना, कचनकवलमा ५ जना, झापा गापामा ४ जना, बाह्रदशी र बुद्धशान्तिमा १–१ जना तथा ठेगाना नखुलेका ४ महिलासहित ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच दमकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक वडा नं ८ की ७० वर्षिया महिला रहेकी छन् । उनको उपचारका क्रममा बिहीवार बिहान ६ बजे लाइफलाइन अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । योसँगै दमकमा कोरोना भाइरसको नयाँ भेरिएन्टबाट मृत्यु हुनेको सँख्या २० पुगेको छ । हालसम्म झापामा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या २५२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्