झापा, जेठ २१ । पछिल्लो चौबीस घण्टामा दमकको लाइफलाइन अस्पतालमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

आज बिहान साढे ४ बजे मोरङ उर्लाबारी १ का ५२ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले जनाएका छन् । हिजो दिउँसो साढे ४ बजे पथरीशनिश्चरे १० का ७० बर्षिय बृद्धको भएको थियो । त्यस्तै आज बिहान साढे ८ बजे दमक ८ बस्ने ७० बर्षिया एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सिराहा घर भएकी ती बृद्धा केही समयदेखि दमकमा बस्दै आएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्