बिर्तामोड , जेठ २१ । ताप्लेजुङबाट एकजना कोरोना संक्रमित हेलिकप्टर एयर वेड सिफ्ट गरी उपचारको लागि बिएण्डसी अस्पतालमा आएका छन् ।

ताप्लेजुङकी ४४ वर्षिया करुणा ओली बिमलीलाई आज हेलिकप्टर एयर वेड सिफ्ट गरी बिएण्डसी अस्पताल ल्याइएको हो । उनलाई कोभिडको आइसियूमा भर्ना गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।हालसम्म २७ जना एयर लिफ्ट गरी बिएण्डसी आईसकेका छन् ।
प्रदेश नं. १ का विरामीका साथै देशका विभिन्न स्थानहरु दाङ, सुर्खेत , सोलुखुम्बु , ओखलढुंगालगायत विशेषतः काठमाण्डौमा कोरोना संक्रमणका कारण संवेदनशील अवस्थामा पुगेका र ती स्थानहरुमा उचित उपचार संम्भव नभएका विरामीहरु बिएण्डसी अस्पताल आएको जनसम्पर्क अधिकारी गिरीले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्