झापा, जेठ २२ । झापा गौरादहका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गौरादह ३ गौरीगाउँकी ६० बर्षिया महिलाको हिजो बेलुका ५.३० बजे विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । मृतकमा मधुमेहको पनि समस्या रहेको थियो । योसँगै गौरादहमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्