झापा , जेठ २२ । पछिल्लो २४ घण्टामा झापाका १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ११ हजार ३७८ पुगेको छ । शनिवार संक्रमितमध्ये सबैभन्दा बढी दमकका १६ महिलासहित ३७ जना रहेका छन् । यस्तै, अर्जुनधाराका १५ महिलासहित २४ जना, हल्दिबारीका ८ महिलासहित १८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, भद्रपुर र गौरीगञ्जका १०–१० जना, बिर्तामोडका ९ जना, मेचीनगर, कनकाई र बाह्रदशीका ८–८ जना, शिवसताक्षीमा ७ जना, कमलमा ५ जना, झापा र बुद्धशान्तिमा ३–३ जना, ठेगाना नखुलेका र गौरादहका २–२ जनामा संक्रमण पुष्टि भएको हो ।शनिबार २०३ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कुल डिस्चार्ज हुनेको संख्या ६ हजार ७४८ पुगेको छ ।




