भद्रपुर,जेठ २२ । नेपाल स्काउटको टोलीले पहिलो पटक नेपाली सेनासँगको सहकार्यमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको छ ।

स्काउट प्रदेश नम्बर १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर ६ का ८४ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएपछि सेनासँग सहकार्य गरी शव व्यवस्थापन गरेको हो ।
झापामा नेपाली सेनाको टोलीले मात्र कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दै आएको थियो । मृत्युदर तीव्र हुँदै जाँदा सामाजिक स्वयम्सेवक भएको नेपाल स्काउटलाई सहकार्यका लागि सेनाले प्रशिक्षण दिएको थियो । सेनाले प्रशिक्षण दिएपछि पहिलो पटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्