सपना आचार्य ,
माई इलाम , जेठ २२ । कोराना भाइरसको संक्रमणबाट पीडित बनेकाहरुको सहयोगका लागि विश्वभर रहेका प्रवासी ईलामेलीहरुले पठाएको झण्डै १८ लाख रुपैयाँको सहयोग सामग्री ईलामका स्थानीय तहमा प्रदान गरिएको छ ।

इलामेहरुको पीडामा मल्हम पट्टी अभियानअन्तर्गत इलाम उद्योग वाणिज्य, नेपाल रेडक्रस सोसाईटी ईलाम , नेपाल पत्रकार महासंघ इलाम शाखा, सामाजिक व्यक्तित्व निरोज खड्गी, रतन अग्रवाललगायतको टिमले सहयोग प्रदान गरिरहेको छ ।
सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच माई नगर अस्पताललाई एक थान ईसिजी मेसिन प्रदान गर्ने गरी खरिद गरिएको अभियानका अभियन्ता निरोज खड्गीले बताए । माई नगर अस्पताललाई आईतबार एक लाख मुल्य वरावरको ईसिजी मेसिन प्रदान गर्ने कार्यक्रम रहेको खड्गीले जानकारी दिए ।
उद्योग बाणिज्य संघ ईलामका अध्यक्ष ईश्वर चिपालुको अध्यक्षतामा सम्पन्न सामग्री वितरण कार्यक्रममा माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेललाई मास्क, सेनिटाईजर, थर्मल गन, अक्सिमिटरलगायतका सामग्री प्रदान गरिएको थियो ।अभियानअन्तर्गत जिल्लाका ९ स्थानीय तहका स्वास्थ्य कार्यालयलाई १ लाख ४० हजारका दरले तथा जिल्ला अस्पताल ईलामलाई ६ लाख मुल्य बराबरको सामग्री प्रदान गरिएको अभियन्ता खड्गीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्