सुनसरी, जेठ २३ । सुनसरी गढी गाउँपालिका २ औरावनी काली मन्दिर टोलका २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी घाईते भएका थिए । उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्