झापा ,जेठ २३ । झापामा कोरोना संक्रमितभन्दा निको हुनेको सँख्या दोब्बर बढी भएको छ ।
पछिल्लो चौबीस घण्टामा जिल्लाका ७७ जनामा संक्रमण पुष्टि हुँदा १९४ जना निको भएका छन् ।योसँगै डिस्चार्ज हुने कूल सँख्या ६ हजार ९४२ पुगेको छ । यसैबीच जिल्ला बाहिरका दुईजना कोरोना संक्रमितको झापाका अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन् । मोरङ रतुवामाई ४ का ६२ वर्षिय बृद्धको दमकको आम्दा अस्पतालमा मृत्यु भएको हो भने तेह्रथुम आठराई ५ की ४८ वर्षिया महिलाको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।




