बिर्तामोड , जेठ २४ । बिर्तामोड १ का बस्नेत दम्पतिको निधनलाई लिएर विभिन्न संचारमाध्यमहरुले यथार्थतालाई बंग्याएर समाचार प्रकाशन गरेको भन्दै परिवारले आपत्ति जनाएका छन् ।

विभिन्न अनलाइन संचारमाध्यमहरुले परिवारलाई आघात पुग्नेगरी गलत समाचार गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । प्रतिदिनडेली डटकमले पनि बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतलाई उद्धृत गरी समाचार प्रकाशन गरेको थियो । आफूले दिएको जानकारी अनुसार नै प्रतिदिनडेली डटकमले समाचार प्रकाशन गरेकोमा अन्य संचारमाध्यमले आफ्नो हवाला दिँदै गलत र बढाइचढाइ गरेर समाचार प्रकाशित गरेको बस्नेतले बताए । उनले पीडित परिवारमा पर्न जाने पीडालाई महसुस गरी सजग भएर समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्