झापा, जेठ २६ । एकका लागि एक अभियानद्वारा अक्सिजन बैंक स्थापना गरिएको छ ।

अक्सिजन बैंकको आज झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक कार्यक्रमकाबीच उद्घाटन गरे । कोरोना प्रकोपका कारण अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने अभियान सुरु गरेको थियो । अभियानले जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार रुपैयाँ सहयोग जुटाएको छ । देशभित्र र बाहिर रहेका नेपालीले अभियानलाई १ सिलिन्डर बराबर १५ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । संयोजक गिरीका अनुसार सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रणकै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेसन सेन्टर र सर्बसाधारणलाई उपलब्ध गराइने जनाइएको छ ।
अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लान्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्