झापा ,जेठ २६ । बैंकिङ कसुर र चोरी मुद्धाका भद्रपुरका दुईजना फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन्

। जेल जानेमा वडा नं ७ का ३२ बर्षिय सुदिप भट्टराई र वडा नं १ का ३८ बर्षिय मदन सुब्बा योङहाङ रहेका छन् । बैंकिङ कसुर मुद्धामा भट्टराईलाई उच्च अदालत पाटनले २०७६ मंसिर २८ गते दुई दिन कैद , २ लाख ७५ हजार जरिवाना र पीडित राहत कोषमा २२ हजार रुपैयाँ जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । तर, हालसम्म फरार रहेका उनलाई हिजो पक्राउ गरिएको हो । त्यस्तै चोरी मुद्धामा योङहाङलाई पुनराबेदन अदालत ईलामले २०७३ बैशाख ७ गते
एक महिना १५दिन कैद र ४७ हजार २८५ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका योङहाङ आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्