कुमरखोद ,जेठ २६ । झापा गाउँपालिकामा गठन भएको सहयोगी कार्यदलले कोरोना भाइरससम्वन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

कार्यदलले आज वडा नं २ मा मास्कका साथै कोरोना भाइरससम्वन्धी पर्चा पम्प्लेटहरु वितरण गरेको हो । युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहयोगमा
सहयोगी कार्यदलले झापा गाउँपालिकाको विभिन्न वडाहरुमा कोभिड १९ सम्वन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरु घरदैलोमा गर्दै आएको छ । सहयोगी कार्यदलले घरदैलोमा गएर प्रत्येक घरधुरीको लागत तथ्यांक संकलन गरी नेपाल रेडक्रस सोसाइटी झापा शाखामा पठाउने गरेको छ ।
झापा गाउँपालिकामा अहिले कोभिड १९ को संक्रमित दर घटेर ३० प्रतिशत पुगेको झापा गापा स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले वताए । विश्वकर्माले कोभिडको दोस्रो चरणमा संक्रमित संख्या १ सय ५५ र मृत्यु संख्या ४ रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्