झापा , जेठ २७ । झापाको मेची अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी र भद्रपुरका एक महिला र एक पुरुष छन् । हल्दिबारी ५ की राई समुदायकी ७१ वर्षिया बृद्धाको आज बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।योसँगै कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या हल्दिबारीमा ६ पुगेको छ । त्यस्तै भद्रपुर ४ का लिम्बू समुदायका ६४ वर्षिय बृद्धको हिजो बेलुका ७.५० बजे सोही अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए । योसँगै कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको सँख्या भद्रपुरमा २१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्