सुनसरी,जेठ २७ ।सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन् ।उनलाई बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीमाथि जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्