झापा , जेठ २७ । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर वडा नं. ७ का ४१ वर्षिय पुष्पराज ढुङ्गाना रहेका छन् । उच्च अदालत बिराटनगर, ईलाम ईजलास ईलामले २०७६ फागुन २० गते बैङ्किङ कसुर मुद्धामा ढुङ्गानालाई दश दिन कैद, १७ लाख ७० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा . ७० हजार ८सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।
हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाउने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्