झापा , जेठ २७ । पछिल्लो चौबीस घण्टामा झापामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसमध्ये मेची अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको हो । मेचीमा मृत्यु हुनेमा हल्दिबारी र भद्रपुरका एक महिला र एक पुरुष छन् । हल्दिबारी ५ की राई समुदायकी ७१ वर्षिया बृद्धाको बिहीबार बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।योसँगै कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या हल्दिबारीमा ६ पुगेको छ । त्यस्तै भद्रपुर ४ का लिम्बू समुदायका ६४ वर्षिय बृद्धको बुधबार बेलुका ७.५० बजे सोही अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए । त्यस्तै ३ का ८४ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको छ । योसँगै कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको सँख्या भद्रपुरमा २२ पुगेको छ । त्यस्तै नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अर्जुनधारा ७ का ३७ वर्षिय पुरुषको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङ उर्लाबारी ३ की ५१ वर्षिया महिलाको दमक कोभिड हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा २८८ पुगेको छ ।

यसैबीच झापामा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणभन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । लगातार चार दिनदेखि निको हुनेको संख्यामा बृद्धि भइरहेको हो ।स्वास्थ्य कार्यालय झापाको बिहीबारको रिपोर्टअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट १०५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ४८ जना महिला छन् ।तर, झापाका १०५ जनामा संक्रमण पुष्टि हुँदा २११ जनाले कोरोना जितेर घर फर्किएको तथ्यांकमा उल्लेख छ । तर, कोरोना संक्रमणबाट मृत्यु हुनेको दरमा भने कमी आएको छैन ।पछिल्लोपटक संक्रमितमध्ये भद्रपुरका ११ महिलासहित २६ जना, बिर्तामोडका १० महिलासहित २० जना, कचनकवलका ६ महिलासहित १२ जना, अर्जुनधाराका ९ महिलासहित ११ जना छन् ।यस्तै, कनकाईका ३ महिलासहित ८ जना, शिवसताक्षीका ४ जना, झापा, बुद्धशान्ति र गौरीगञ्जका २–२ जना, गौरादह, हल्दिबारी र बाह्रदशीका १–१ जना तथा पालिका नखुलेका ५ जनामा संक्रमण पुष्टि भएको छ ।यो संक्रमण पुष्टि भएसँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ९८० पुगेको छ । निको हुनेको संख्या ७ हजार ६६४ पुग्दा सक्रिय संक्रमितको संख्या चार हजार रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्