कुमरखोद , जेठ २८ । झापा गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ का १८ वर्षीय दिलशाद आलम रहेका छन् । बिशेष सुराकको आधारमा टाँघनडुब्बाका बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्ड रहेको टोलीले हिजो बेलुका ४ बजे झापा–४ को विलायतीबारीमा रहेको नेपाल–भारत सीमाको १३३ पिलरको दशगजा क्षेत्रमा आलमलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २३.०५ ग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि हिजो नै इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको निरीक्षक प्रधानले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्