झापा , जेठ २८ । झापाको दुई छुट्टाछुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिइन् । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको थियो ।
त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्राका महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर गम्भीर घाईते भएका थिए । उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्