झापा , जेठ २८ । बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले दिवंगत आमाको सातौ पुन्यतिथिमा पुल निर्माण गरिदिएकी छन् ।

अर्जुनधारा नगरपालिका ११ स्थित देउनिया बस्तीमा महिला तथा बालबालिकाहरुलाई बेलुकीपख जङ्गलको बाटो हिडडुल गर्न समस्या भएकोले हिले खोलामा एक लाख पचास हजारको लागतमा फलामे पुल निर्माण गरिदिएकी हुन् । दिवंगत भएकी आमा मनमाया मगरको संझनामा सातौं दिनको पुन्यकर्ममा निर्माण गरिएको पुलको जनप्रतिनिधि मोहनकुमार योगीले उद्घाटन गरे । केही महिना अघि इन्दिराले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाबाट राष्ट्रिय आदर्श आमा पुरस्कारको रुपमा नगद एक लाख एघार हजार एक सय एघार पाएकी थिइन् । आफूले पाएको पुरस्कारमा केही रकम थप गरी पुल निर्माण गरिदिएको उनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्