दमक,जेठ २८ । दमकमा शुक्रबार ६० जनामा एकैसाथ संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसमध्ये शुक्रबार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट प्रमाणित भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमितहरुको विस्तृत तथ्याङक तयार पार्ने काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर करिब एक महिना अघिदेखि लगाएको निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारिरहेको बेला दमकमा यतिका संक्रमण देखिनु थप जोखिम भएको अनुमान स्वास्थ्य अधिकारीले गरेका छन् ।
दमक नगरपालिका क्षेत्रमा एक महिना अघिदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । पछिल्लो समय थपिएको एक साताको निषेधाज्ञाको समय सकिनै लाग्दा दमकमा यस किसिमको चिन्ता बढेको हो । निषेधाज्ञाको पालनामा सर्वसाधारण सचेत नहुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्