झापा , जेठ ३० । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटारमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वा वृद्ध दम्पती मात्रै बस्दै आएका थिए । उनकी श्रीमती शारीरिक रुपमा अशक्त रहेकी छन् । सासु–ससुरा भेट्न मृतककी बुहारी आज विहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत विहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैङ्कबाट बुझेको हुनाले लुटपाट गर्नेले उनको हत्या गरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्