बिर्तामोड , जेठ ३० । लामो लकडाउनका कारण समस्यामा परेका विपन्न मुसहरहरुलाई बिर्तामोड–३ युवाहरुले राहत वितरण गरेका छन् ।

बिर्तामोड ३ स्थित अधुवा खोलाको किनारमा बसोबासित मुसहरहरुलाई उनीहरुले खाद्यान्न राहत वितरण गरेका हुन् । बिर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिपेन्द्र राउतको हातबाट वडा नं ३ का ९ घर मुसहरहरुलाई चामल , दाल,खानेतेल , नून , लुगाधुने साबुनलगायतका राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा मदन बुढाथोकी , शैलेन्द्र सिटौला , कैलाश प्रसाई ,पत्रकार इन्द्रसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । बिर्तामोड–३ युवाहरुले अग्रजको सम्झनामा सामाजिक तथा परोपकारी कार्यक्रम जारी राखेका हुन् । अग्रज समाजसेवी स्वर्गीय पर्शुराम सिटौलाको सम्झनामा युवाहरुले राहत बाँडेको जनाएका छन् ।

यसअघि उनीहरुले बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान तथा वृद्धाश्रममा शनिबार खाद्यान्न वितरण गरेका थिए । दाल, चिनी, सरफ,बिस्कुट, न्युटेला, मसलालगायतका सामग्री प्रदान गरिएको युवा परिषद् झापाका अध्यक्षसमेत रहेका मदन बुढाथोकीले जानकारी दिए । वृद्धाश्रममा समाजसेवी जानुका थापा मगरको हातबाट सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
त्यस्तै हाल बिर्तामोड–३ को कोभिड संक्रमण भएका विपन्न, दिर्घ रोगी, एकल महिला र मृत्यु भएका ३० विपन्न परिवारलाई प्रतिपरिवार १० केजी चामल, एक पोका नुन, तेल, दाल, नुहाउने र लुगाधुने साबुन वितरण गरिएको बताइएको छ । सहयोगका लागि स्वत स्फूर्तरुपमा बिर्ताबजारका युवाहरुबाट सहयोग संकलन भएको थियो । समाजसेवामा युवाहरु कोशिस घिमिरे, कैलाश प्रसाईं, मदन बुढाथोकी, शैलेन्द्र सिटौला, सजेश शिवाकोटी, पंङ्कज शिवाकोटी, विकाश पाठक, पदम प्रसाईं,जानुका थापमगर, भोजराज सिटौला, कुमार बुढाथोकी, गणेश ओली, गुञ्जन प्रसाईं, आकाश उप्रेती, सन्जिव घिमिरे, दिपेन्द्र राउत, प्रेम उप्रेती, राजिव उप्रेती,रोहित प्रसाईं भुपाल बुढाथोकीलगायतले सहयोग गरेका छन् ।बिर्तामोड खानेपानीका उपाध्यक्ष समेत रहेका सिटौलाको गत वर्ष निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्