
छैन ठाउँ भन्दा पनि माया तिमीलाई गर्छु भन्यौ
खाली त्यो तिम्रो दिलमा चोखो माया भर्छु भन्यौ
बिश्वासीको माया लिने इच्छा मेरो थियो
तिम्रो हातको सिन्दुर लगाई अरुबाट टर्छु भन्यौ
मायामा धेरै चोटि धोका मात्र पाएको छु
जन्ती लिएर आउनु कान्छा छिट्टै अब सर्छु भन्यौ
मुटुभित्र अब तिम्लाई मैले राख्नु पर्ने भयो
बिश्वास दिलाई कसम खाई माया छर्छु भन्यौ
अरुको छैन भर तिमीसँगै मर्ने भए
मायाको यो साथ देखाइ तिमीसँगै मर्छु भन्यौ
कमलप्रसाद बाँस्कोटा कमल
कनकाई नगरपालिका ८
झापा