बिर्तामोड , असार १ । लामो निषेधाज्ञाका कारण समस्यामा परेका राजवंशी कलाकारहरुलाई राहत वितरण गरिएको छ ।

हातेमालो अभियानअन्तरगत नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ बाट प्राप्त राहत सामग्रीहरू राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रमार्फत राजवंशी चलचित्र कलाकारहरूलाई वितरण गरिएको हो । पकापरा, भद्रपुर, हल्दिबारी, राजगढ र घैलाडुब्बाका पाँच कलाकार परिवारलाई खाद्यान्न राहत वितरण गरिएको राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रका अध्यक्ष होमनारायण राजवंशीले जनाएका छन् । राहत वितरण कार्यक्रममा राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रका अध्यक्ष होमनारायण, उपाध्यक्ष पुर्णप्रसाद ., सचिव ओमनारायण, सदस्यहरु लखन , भुपाल राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्