बिर्तामोड , असार १ । निर्माण व्यवसायी संघ झापाले संघका निवर्तमान अध्यक्ष दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार बिर्तामोड–३ सैनिकमोडस्थित निवासमा स्व. पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

उद्योगी–व्यवसायी, समाजसेवी, राजनितिज्ञ स्व..पोखरेलको सातौं दिनको पुण्यतिथिमा संघको तर्फबाट जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
संघका महासचिव ओम पौडेलले सञ्चालन गरेको संक्षिप्त श्रद्धाञ्जली सभामा संघको पदमा रहँदा वा नरहँदा पनि पोखरेलले निर्माण व्यवसायीहरुको हितका लागि पुर्याएको योगदानको चर्चा गरिएको थियो । संघका अध्यक्ष मिलन पाखरेलले स्व. पोखरेलप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनप्रति समवेदना व्यक्त गर्दै झापाली निर्माण व्यवसायीहरुले एक असल व्यवसायी र आउँदो पिढीका निर्माण व्यवसायीका लागि कुशल अभिभावक गुमाएको बताए । उनले पोखरेलको निधनले झापाको निर्माण व्यवसाय क्षेत्रलाई ठूलो क्षति पुगेको उल्लेख गरे ।
अध्यक्ष बस्नेतले परिवारजनलाई समवेदनापत्र हस्तान्तरण गरेका थिए । स्व. पोखरेलको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो ।
साथै संघले स्व. पोखरेलको शोकमा ७ दिनसम्म संघको झण्डा आधा झुकाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्