कुमरखोद ,असार २ । झापा गाउँपालिकामा गएराति ८.३० बजे भएको दुर्घटनामा मोटरसाइकल चालकसहित दुईजना गम्भीर घाईते भएका छन् ।

मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते हुनेहरुमा झापा गाउँपालिका वडा २ कुवाडी बस्ने ५० वर्षिया दुखनसरी राजवंशी र मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षिय बब्लु राजवंशी रहेका छन् । बब्लुले चलाएको मे ५प ८८२३ नम्बरको मोटरसाइकलले कुवाडी बस स्टेण्डमा पसल चलाईरहेकी दुखनसरीलाई ठक्कर दिएको थियो । दुखनसरीको दाहिने खुट्टाको घुँडामुनिको हड्डी वाहिर निस्केको छ भने मोटरसाइकल चालकको टाउकोमा गहिरो चोट लागेको छ । दुवै घाइतेलाई स्थानीय र प्रहरीले एम्बुलेन्स बोलाई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पठाएका थिए । दुर्घटना गराउने मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कुमरखोदले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्