कुमरखोद , असार २ । मेची अभियानले दुरदराजमा रहेका कोभिड तथा नन–कोभिडका रोगीहरुको स्वास्थ्यमा पहुँच रहोस् भनी झापा गाउँपालिकामा समिति गठन गरेको छ ।

जगन्नाथ राजवंशीको संयोजकत्वमा समिति निर्माण गरिएको हो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा मेची अभियानका संयोजक विजय डालमिया, मेची अभियानका सदस्य तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस झापाका नेता देउकुमार थेवे, अन्तर्राष्ट्रिय झापाली समाजका बरिष्ठ उपाध्यक्ष नवीन पोख्रेल , मेची अभियानका सदस्य मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मेची अभियानका सदस्य तथा कांग्रेस प्रवक्ता शर्माले मेची अभियान २०७२ सालमा स्थापना भई बिशुद्ध पार्टीभन्दा पृथक रहेको बताए । उनले पैसा नभएर औषधि उपचार नपाएका दुरदराजका विपन्न वर्गका मिर्गाैला, मुटु र मधुमेहका बिरामीलाई अस्पतालसम्म पुर्याउनको लागि सहयोग गर्दै आएको जानकारी दिए । झापा गाउँपालिकामा २०७४ सालको बाढी तथा कोभिडको पहिलो चरण र दोस्रो चरण गरी ३ पटक अभियानले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्