बिर्तामोड , असार २ । नेपाली कांग्रेसका जुझारु युवा नेता दिपेन्द्र पोखरेलको निधनप्रति पार्टीका नेताकार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य पोखरेलको सातौँ पुन्य तिथिको दिन बुधबार कांग्रेस नेताकार्यकर्ताहरुले श्रद्धाञ्जली दिँदै उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सासंद डिल्लीप्रसाद सिटौला, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतका नेताकार्यकर्ताहरु समवेदना दिन पोखरेलको निवासमा गएका थिए । शोक मन्तब्यका क्रममा पूर्व सासंद डिल्लीप्रसाद सिटौलाले दिपेन्द्र पोखरेल एक आँटी , प्रष्ट वक्ता, सामाजिक ब्यक्तित्वको धनी भएको भन्दै उनको विचारलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला समिति झापा, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति, प्रदेश समिति ‘क’, नेपाली कांग्रेस बिर्तामोड नगर समिति, नेपाली कांग्रेस बिर्तामोड ३ नम्बर वडा समिति , नेपाल महिला संघ जिल्ला समिति झापा, आदर्श टोल विकास संस्था बिर्तामोड–३, अनारमनी टोल विकास संस्था बिर्तामोड–३, त्रिवेणी टोल विकास संस्था बिर्तामोड–३,देवी गुठी मठमन्दिर एवं पुजा समिति बिर्तामाड –३, बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजार, बिर्ताबजार टोल विकास संस्था बिर्तामोड–३ लगायतका दर्जनौँ संघसंस्थाहरुले समवेदना दिएका थिए । पोखरेलको काठमाडौंको नर्भिक हस्पिटलमा उपचारका क्रममा गत जेठ २७ गते ५२ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्