बिर्तामोड , असार ३ । लकडाउनमा संस्था बन्द हुँदा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसंगै बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्य बन्नको लागि अब घरमा नै बसेर अनलाइन खाता खोल्न सकिने जनाएको छ ।

विगत १०वर्षदेखि संचालनमा आएको शिखर साकोस समयसापेक्ष प्रविधिमैत्री संस्थामा रुपान्तरित भएको हो । अब, देशविदेशमा बसेर नै शिखर साकोसको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने र स्वदेशमा भुक्तानी समेत दिन सकिने भएको छ । विदेशको कमाई स्वदेशमा बचाउन शिखर साकोस उत्तम संस्था रहने आईटी संयोजक किरण पौडेलको भनाई छ । प्रविधिमा अव्वल र सुरक्षित रहेको संस्थाले जनाएको छ ।
संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम ( केवाईएम) भर्न सकिने जनाएको छ । जिल्लामा नै पहिलो पटक शिखर साकोसले यो प्रविधि सुरु गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

संस्थाको वेवसाइट www.shikharcoop.com र मोवाईल एप ShikharmBank प्रयोग गरेर संस्थामा रियल टाईममा खाता खोल्न र सदस्य पहिचान फारम भर्न सकिने संस्थाले जनाएको छ ।विगत २ वर्षदेखि काठमाण्डौस्थित प्रिमियम टेक्नोलोजीे CBS(Core Banking Solution)प्रयोग गरिरहेको शिखर साकोसले यसरी नयाँ–नयाँ सेवा सुविधा थप गर्न सकिएको फाउन्डर मोहन बनको भनाई छ । हाम्रो टेक्नोलोजीको सहकार्यमा संचालित शिखर एम बैक मोवाइल बैकिङ्ग धेरै अपडेट धेरै सुविधा दिएको एप रहेको छ । साथै चलाउन पनि सजिलो रहेको छ । प्रविधिमा इनोभेसन नै मुख्य कुरा हो भनेर हाम्रो टेक्नोलोजीका फाउन्डर सिबिओ संजय महासेठले बताए । उनले यो लकडाउनमा कम्पनीले सहकारीको क्षेत्रमा नयाँ–नयाँ धेरै सेवा सुविधा थप गरेको जानकारी दिए । बैकबाट सहकारीमा , सहकारीबाट बैकमा रियल टाइम बैक ट्रान्सफर सेवा,कार्डलेस एटिएम सेवा,वालेट लोडलगायतका सेवा संस्थाले प्रदान गर्दै आएको छ ।यस लकडाउनमा सदस्यहरुलाई घरमा नै सुरक्षित रहेर शिखर एम बैक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्