सुरुङ्गा , असार ४ । कोरोना संक्रमणका कारण कनकाई नगरपालिका १ का एक एमाले नेताको गएराति निधन भएको छ ।

केहि दिन अघिदेखि मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भई उपचाररत एमालेका पुराना नेता एवं सामाजिक व्यक्तित्व ६० वर्षिय नरेन्द्र तिम्सिनाको राति ११ बजे निधन भएको हो । उनलाई मेची प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । एमाले वडा कमिटीका सदस्य रहेका तिम्सिना घैलाडुब्बा सहकारीका पूर्व अध्यक्ष , प्रजापति कृषि सहकारीका सचिवलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका थिए । कनकाई नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या १७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्