झापा, असार ४ । झापामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमकका २ , कचनकवल र कनकाईका एक–एकजना रहेका छन् । दमक ५ की ७६ वर्षिया बृद्धा र दमक ३ का ६२ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बृद्धाको हिजो बेलुका ५ बजे बिएण्डसी हस्पिटल र बृद्धको राति ९ बजे एड्भान्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या २५ पुगेको छ । त्यस्तै कचनकवल ४ का ४० वर्षिय राजवंशी समुदायका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मेची अस्पतालमा विगत दुई सातादेखि उनको उपचार भइरहेको थियो । निको नभइकन हिजो घर लैजान खोज्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए ।योसँगै कचनकवलमा दोस्रो लहरमा ४ जनाको मृत्यु भएको छ भने १७५ जना संक्रमित भएका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण कनकाई नगरपालिका १ का एक एमाले नेताको गएराति निधन भएको छ ।
केही दिन अघिदेखि मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भई उपचाररत एमालेका पुराना नेता एवं सामाजिक व्यक्तित्व ६० वर्षिय नरेन्द्र तिम्सिनाको राति ११ बजे निधन भएको हो । उनलाई मेची प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । एमाले वडा कमिटीका सदस्य रहेका तिम्सिना घैलाडुब्बा सहकारीका पूर्व अध्यक्ष , प्रजापति कृषि सहकारीका सचिवलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका थिए । कनकाई नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या १७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्