यज्ञराज श्रेष्ठ,
बिर्तामोड , असार ६ । असारको महिनामा मानो रोपेर मुरी फलाउने बेला देशैभरका किसानलाई धान रोप्ने चटारो छ ।

यसैक्रममा झापा बिर्तामोड ९ कन्चन टोलमा पनि रोपाइँ सुरु भएको छ । तर, यो धान रोपाइँ चाहिँ धान उत्पादनको लागि नभई बीउ उत्पादनको लागि गरिएको हो । धानको बीउ राखेको २२ दिनपछि धान रोपेजस्तै तर बाक्लो गरी रोपाइँ गरिन्छ र पुनः २२ देखि २५ दिनमा सोही धानलाई बीउ जस्तै उखेलेर खेतमा रोपाइँ गरिन्छ । यसरी गरिने रोपाइँलाई खरेन (खासु खसिया) भन्ने गरिन्छ । यो प्रबिधि केही झन्झटिलो पक्कै छ तर, फाइदा भने धेरै छ । यसबाट थोरै धानको बीउले धेरै जमिनमा धान रोपाइँ गर्न सकिन्छ । सामान्य रोपाइँमा लाग्ने बीउको तुलनामा आधा मात्र बीउले पुग्छ भने बीउ दह्रो हुनाले रोग तथा किराको प्रकोप कम हुन्छ । साथै धान फलाइमा अरुभन्दा यो बिधिबाट रोपेको धान प्रतिविगाहमा १०÷१५ मन ज्यादा फल्ने गर्दछ । धानको बालामा भुसको मात्रा कम हुने हुनाले सो धानको चामल राम्रो हुने गर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्