कमल, असार ६ । कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो ११ औं बार्षिकोत्सव मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्षिप्त कार्यक्रम गरेको व्यवस्थापक राजु थापाले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त सञ्चार केन्द्रमा पुगेर संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुले सामाजिक दुरी कायम राख्दै रक्तदान गर्नुका साथैं त्यहाँ कार्यरत कर्मचारीहरुलाई पीपीइ सेट वितरण गरेको व्यवस्थापक थापाले जानकारी दिए ।
त्यसअघि संस्थाको भवनमा संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता र वर्तमान अध्यक्ष सान्तकुमार राई (सन्तु)को अध्यक्षतामा स्थापना दिवस मनाइएको थियो ।
संस्थाकी उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण गौतम, गौरादह सेवाकेन्द्र संयोजक, संस्थापकलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजकुमार राई, सचिव सञ्जय कुमाल, कोषाध्यक्ष रोशन दाहालसहित विभिन्न उपसमिति, शेयर सदस्यहरु ,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

शेयर पूँजी सवा ३ करोड, लगानी २३ करोड
कमलका युवा उद्यमी,व्यवसायीहरुको अगुवाईमा स्थापना भएको सो सहकारी संस्थामा हाल सवा ३ करोडबढी शेयर पूँजी पुगेको छ । संस्थामा हाल ३ करोड २६ लाख १२ हजार २ सय रुपैयाँ शेयर पूँजी पुगेको हो । त्यस्तै संस्थाको जगेडा कोषमा १ करोड ५ लाख ४९ हजार रुपैयाँ रहेको छ । कूल २ हजार ३७ जना शेयर सदस्य रहेको संस्थाको हालसम्मको वासलात ३४ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको संस्थाका व्यवस्थापक थापाले बताए । संस्थाले सदस्यहरुलाई २३ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्