बिर्तामोड, असार ६ । झापाली समाज दक्षिण कोरियाले सहयोगार्थ उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्री झापामा वितरण गरिएको छ ।

कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ झापालाई उक्त सामग्री वितरण गरिएको अंकुर नेपालका उपाध्यक्ष सञ्जिव चापागाईले जानकारी दिए ।
झापामा रहेका प्रत्येक स्थानीय तहमा एकहजार ३ सय ५० मास्क, ४ थान ठूलो सेनिटाइजर, ८ थान पीपीई र ५० थान फेससिल्ड उपलब्ध गराएको सामुदायिक प्रहरी बिर्तामोडका अध्यक्ष उत्तम खनालले बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ झापालाई एकहजार ३ सय मास्क, सानो १० थान सेनिटाइजर, ४० थान फेससिल्ड प्रदान गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकलाई एकहजार ३ सय ५० थान मास्क, सेनिटाइजर ४ थान ठूलो, फेससिल्ड ५० थान र इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेससिल्ड र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेससिल्ड प्रदान गरिएको चापागाइले बताए ।
झापाली समाज दक्षिण कोरियाले उपलब्ध गराएको सामग्री झापाली समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष नविन बाँस्कोटा, राजु सन्तोेषी थापा, पूर्व सहसचिव युवराज चापागाई, देवेन्द्र पोखरेल, पूर्व कोषाध्यक्ष नरहरि फुयाँल, प्रदेशसभा सदस्य बसन्त वाँनियालगायतको समन्वयमा वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्