भद्रपुर, असार ७ । कोभिड १९ को दोस्रो लहरले अतिप्रभावित संक्रमितहरूका लागि नेकपा माओवादी केन्द्र भद्रपुरले पोषणयुक्त खानेकुरा वितरण अभियान सुरू गरेको छ ।

कोभिड १९ तथा प्रकोप व्यवस्थापन समितिमार्फत माओवादी केन्द्रले असार २ गतेबाट भद्रपुर नगरभित्र कोरोना संक्रमण भई उपचाररत विरामीहरूलाई पोषणयुक्त खानेकुरा वितरण सुरू गरेको हो ।
समितिका प्रवक्ता शिवकुमार राजभण्डारीका अनुसार संक्रमितहरुले डर र त्रासका कारण नजिकका व्यक्तिहरुबाट सहयोग नपाउने र सरसापट वा किनमेल गर्न जान पनि सहज नहुने कारण हतोत्साहित भइ झन् रोगले च्याप्ने भएकोले उनीहरुको मनोबल बढाउन स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरी थोरै भएपनि शक्तिबद्र्धक खानेकुरा उपलब्ध गराइएको हो । असार २ गतेदेखि संक्रमित भेटघाट सुरू गरेको समितिले ६ गतेसम्म भद्रपुर १,२,४, ५ र ६ वडा भित्रका ६१ घरपरिवारलाई भेटी स्वास्थ्य तथा व्यवहारिक समस्याका जानकारी लिँदै प्रत्येक संक्रमितलाई १ बोतल हर्लिक्स , १ बोतल च्यवनप्राश , स्याउलगायत पोषणयुक्त खानेकुरा वितरण गरिएको राजभण्डारीले जानकारी दिए ।
डिल्लीराम घिमिरेको संयोजकत्वमा सचिव नरेश सञ्जेल , प्रवक्ता शिवकुमार राजभण्डारी सदस्यहरू मेदनी शिवाकोटी , एनपी. वनेम, खगेन्द्र पराजुली ,पुकारचन्द्र राजवंशी , हंशधर राजवंशी , हजरत अलि, सीता न्यौपाने , शर्मिला खाती र दिपक राई रहेको समितिले नगद रकम तथा पौष्टिक सामग्रीहरू दाताहरुबाट संकलन गरेर वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्