बिर्तामोड, असार ७ । दोस्रो लहरको कोरोना महामारीका कारण निषेधाज्ञा लम्बिदै गएपछि छाक टार्न समस्या झेल्दै आएका यातायात मजदुरलाई अखिल नेपाल ट्रेड युनियन झापाले खाद्यान्न वितरण गरेको छ ।

महासंघ झापाले ४० जना यातायात मजदुरलाई सोमबार राहत वितरण गरेको हो । उनीहरु प्रत्येकलाई १० केजी चामल, आधा केजी दाल, एक केजी नून, एक प्याकेट सोयाविन र आधा लिटर खानेतेल वितरण गरेको महासंघ प्रदेश नं. १ का इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए ।
करिव ३० हजार रुपैयाँ बरावरको खाद्यान्न सामग्री वितरण गरिएको महासंघ झापाकी अध्यक्ष सीता सापकोटा सन्ध्याले जानकारी दिइन् । बिर्तामोड आसपास क्षेत्रका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रमको समन्वय अखिल नेपाल यातायात मजदुर संघ झापाका सदस्य पदमलाल तामाङले गरेका थिए ।