बिर्तामोड , असार ८ । कोभिड निको भएका पोष्ट कोभिडका विरामीहरुमा देखिने समस्याका लागि बिएण्डसी हस्पिटलले प्याकेजमा उपचार सेवा शुरु गरेको छ ।
कोभिड निको भएपछि धेरैजनालाई पोष्ट कोभिड भएपछि पोष्ट कोभिड वार्ड संचालन गर्दै आएको बिएण्डसीले आजदेखि पोष्ट कोभिड प्याकेज शुरु गरेको हो । त्यस प्याकेजमा पोष्ट कोभिड वार्डलगायत त्यसअन्तर्गतका छातीको एक्सरे ,अल्ट्रासाउन्ड , ब्लड टेष्टलगायतका सम्पूर्ण उपचारहरु प्रदान गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले कोरोना संक्रमितहरु निको हुने क्रमसँगै पोष्ट कोभिडका विरामीहरुको सँख्या बढ्दै गएको जानकारी दिए ।