अबुधाबी ,असार ९ । वैदेशिक रोजगारीको क्रममा २० वर्ष युएईमा रहेर अबुधाबीको नेपाली सामाजिक गतिविधिमा संलग्न भएर योगदान गरेका तनहुँ निवासी भेषराज ढकाल र झापाली चेली अनु शिवाकोटी नेपाल फर्किएका छन् ।

नेपाली समाज युएईमा काम गरिसकेका नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युएईका वर्तमान महासचिव ढकाल आफ्नै देशमा व्यवसाय गर्ने लक्ष्य बोकीे नेपाल फर्किएका हुन् ।
युएईमा रहेको अवस्थामा वैवाहिक सुत्रमा आबद्ध भएर नेपाल फर्किएका युगल जोडीलाई विभिन्न संस्था तथा समूहले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेका छन् । एक साताअगाडि प्रवासी नेपाली मञ्चले सारजामा भव्य विशेष कार्यक्रम आयोजना गरेर महासचिव ढकाल र संगठित सदस्य अनु शिवाकोटीलाई विदाई गरेको थियो ।
त्यसैगरी प्रवासी मञ्चको अबुधाबी क्षेत्रीय समितिले पनि असार ७ गते सोमबार नेपाली रेस्टुरेन्ट अबुधाबीमा मायाको चिनो दिएर बिदाई गरेको थियो ।

झापालीहरुको भव्य विदाई
युएईको रोजगारीलाई छाडेर नेपाल फर्कन लागेको उपलक्ष्यमा हार्दिक विदाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै अबुधाबीमा रहेका झापाली युवाहरूले पनि मायाको चिनो उपहारसहित विशेष सम्मान प्रदान गरेका छन् । असार ८ गते मंगलबार अबुधाबीको टुरिष्ट क्लब एरियामा रहेको ब्लेजिङ स्टार क्लिनिङ सर्भिस एन्ड रियर इस्टेट कम्पनीको हलमा आयोजना गरिएको कार्यक्रममा सामाजिक तथा राजनैतिक व्यक्तित्व ढकाल र झापाली चेली अनु शिवाकोटीको योगदानको चर्चा गर्दै झापाली समाज युएईमा आबद्ध पदाधिकारीहरुले व्यक्तिगत रूपमा विदाई कार्यक्रम आयोजना गरेको संयोजक हेमराज शिवाकोटीले बताए ।
अबुधाबीमा कार्यरल झापाली युवाहरुले नेपाल फर्किन लागेकोमा शुभकामना दिदै विदाई मन्तव्य राखेका थिए ।
अन्तर्राष्ट्रिय झापाली समाजका सचिव रामप्रसाद ढुंगेल, झापाली समाज युएईका पूर्व उपाध्यक्ष हरि कटवाल, झापाली समाज युएईका सचिव लोकेश कोइराला, केन्द्रीय सहकोषाध्यक्ष काशीनाथ ढकाल, अबुधाबी क्षेत्रीय अध्यक्ष सूर्यबहादुर खवास, पूर्व क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी, पूर्व क्षेत्रीय सचिव शेषराज न्यौपानेलगायतको बिदाई कार्यक्रममा उपस्थिति रहेको थियो ।
ब्लेजिङ स्टार क्लिनिङ सर्भिस एन्ड रियल इस्टेट कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीको विशेष उपस्थितिमा भएको विदाई कार्यक्रममा समाजका अन्य पदाधिकारीहरु नरेन्द्र निरौला, प्राइम कार्गो प्रतिनिधि अस्मिता अधिकारी, अर्जुन सिटौला, मुक्ति बानियाँको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमका मुख्य आकर्षक भेषराज ढकाल र अनु शिवाकोटीले झापालीहरुको न्यानो माया र सम्मानका लागि आभार प्रकट गरेका थिए ।
प्रवासमा जति बसेपनि नेपाल र नेपाली भूमिमा कर्म नगरे सन्तोष नहुने भन्दै नेपाल फर्किएर उद्यमशील बन्ने आफ्नो योजना सुनाएका थिए ।
विदाई कार्यक्रमको संचालन रामप्रसाद ढुंगेल र शेषराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्